२६२ प्रहरीको बढुवा

   २७ चैत्र २०७८, आईतवार १६:३०  

सर्लाही, २७ चैत । सर्लाही जिल्लामा कार्यरत नेपाल प्रहरीका २६२ जना विभिन्न तहमा कार्यरत रहेका प्रहरीको आइतवार बढुवा भएको छ ।
जिल्ला प्रहरी कार्यले मालंगवका आनुसार १८ जना प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनानी) मा बढुवा भएको हो । त्यसैगरी हबल्दारबाट ६५ जना प्रहरी वरिष्ठ हबल्दारमा बढुवा भएका छन् ।
१७९ जना प्रहरी जवानबाट सहायक हबल्दारमा बढुवा भएको जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

वरिष्ठ हबल्दार र सहायक हबल्दारमा बढुवा भएकाहरुलाई कार्यरत युनिटमै युनिट ईन्चार्जले पदचिन्ह लगार्इ दिएको छ । प्रवनानीमा बढुवा भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा प्रहरी उपरीक्षक प्रविण पोखरेलले फुली लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै