पोखरेल पुर्पक्षको लागि सिन्धुलि कारागार चलान

   २७ चैत्र २०७८, आईतवार १७:३१  

सर्लाही, २७े चैत । बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेललाइ जिल्ला अदालत मलंगवले पुर्पक्षमा कारागार चलाउन भएको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ईजलासले अभियुक्त पोखरेललाई गएको शुक्रबार पुर्पक्षका लागि सिन्धुली कारागार चलाउन आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको ज्यान मार्ने उद्योग तथा आपराधिक षडयन्त्र मुद्दामा शुक्रबार दिनभर भएको बहसपछि जिल्ला न्यायाधीश गौतमले लेखा अधिकृत पोखरेललाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको थियो ।
जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले अभियुक्त पोखरेललाई पुर्पक्षको लागि कारागार पठाएको जानकारी दिए ।
सर्लाहीका हरिवन नगरपालिका ११ निवासी व्यवसायी अर्जुन रायमाझीको गोली हानि भारतबाट सुटर ल्याएको भन्दै उजुरी पछि फरार रहेको पोखरेललाई चैत ६ गते म्याग्दीबाट स्थानीय प्रहरीले पक्राउ गरी सर्हाली पठाएको थियो । पोखरेलको मुख्य योजना आफुलाई गोली हान्न र तीनजना भारतीए सुटरलाई हरिवन स्थित आफ्नो घरको क्षेत्रमै ल्याएको रायमाझीले जिल्ला प्रहरी कार्यालय मलगंवामा किटानी जहरी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै