जयनगर (रौतहट), २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको लामो संघर्षको फलस्वप हामी अभ्यास गरिरहेको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
गजेन्द्रनारायण स्मृति प्रतिष्ठानद्धारा नवनिर्मित “एक सय सैया भएको गजेन्द्रनारायण मेमोरियल अस्पताल” को रौतहटको माधवनारायण नगरपालिकाको जयनगरमा आईतवार एक समारोहको विच उदघाटन गर्दै राष्ट्रपति भण्डारीले समाजिक न्याय प्राप्तका लागि गजेन्द्र नारायण सिंहले पुर्याएको योग्यदानको सराहना गरिन । गजेन्द्रनारायण सिंह एक संघर्षशिल व्यक्ति थिए । प्रजातन्त्र र स्वतन्त्रताको मर्म थाहा थिए । उनले आफनो सम्पूर्ण जिवन मुलुकको स्वाधिनता, प्रजातन्त्र र जनहितमा समर्पित गरेको थियो, राष्ट्रपति भण्डारीले भनिन ।
विविधता युक्त नेपाली समाजमा सामुदायिक सम्बाद र सामन्जस्यका लागि उनले गरेका प्रयासहरु अनुकर्णीय रहेको चर्चा गरिन । संवैधानिक नैतिक र अहिंसात्मक माध्यमबाट जागरण ल्याउदै जनताका निमित्त सामाजिक रुपान्तरण हाँसिल गर्ने गजेन्द्र नारायणको विचारलाई हामीले सम्मानपूर्वक मनन गर्नुपर्नेमा जोड दिए ।
संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट मुलुकको विकास गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य, पिउनु पानी खाना जस्ता आधारभुत आवश्यक्ताहरु अब मौलिक हकको रुपमा स्थापित भएको छ । संविधान प्रदत यी मौलिकहरु कार्यान्वयन गर्दै सामाजिक न्यायमा आधारित समाज स्थापना गर्ने अभियानलाई तिव्र बनाउनु पर्छ ।
संविधानले मार्ग दर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय संकल्प हाँसिल गर्न राज्यका सवै अंग तथा निकायहरु परिचालित हुनु पर्दछ उनले भनिन । समग्र राष्ट्र एवं मधेश प्रदेशलाई विकासको बाटोमा अग्रसर गराउन, गुणस्तरिय शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जोड दिनुपर्छ । जनतालाई शिक्षाको महत्व बुझाउदै मधेश सरकारले शुरु गरेको छोरी पढाउ, छोरी बचाउ कार्यक्रमलाई अझ प्रभावकारी बनाई सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता महसुस गरिन ।
सपना सकार भयो ः माननिय साँसद डा. डिम्पल झा
अत्यन्तै नाजुक अवस्थाबाट जिवन मरणको दोसाँधबाट गुज्रिरहेकी डा. डिम्पल झाले बर्षौ अघि हेरेको सपना आज बल्ल सकार भएको बताइन । मन्दीर मस्जिद बनाउन ति समुदायका व्यक्तिहरु गएर पुजा गर्ने गर्दछ तर जुनसुकै समुदायको लागि अस्पताल जस्तो पवित्र संस्था स्थापना गराउदा र महामहिमबाट उदघाटन हुँदा निकै खुशी लागेको बताइन ।
आफू विसन्चो भएर पनि आफना क्षेत्रबासी, रौतहटबासी, मधेशबासी र नेपाल बासीको लागि केही गरेर विदा हुने सपना पुरा भईरहेको देख्दा आँखा भरिएका थिए । सोही क्रममा उपस्थित हजारौं स्थानीय बासिहरुको पनि आँखा रसाए । डिम्पल झा क्यान्सरबाट जंग लडिरहेको अवस्थामा पनि काठमाडौको अस्पतालबाट सिधै रौतहट आएर उक्त कार्यक्रममा सरिक भइन । यो सम्पत्ती मेरो होइन, रौतहटबासीको धरोहर हो, यसलाई राम्ररी सिंचित गरेमा यहाँको बासिन्दाहरुकै फायदा हुने अपिल समेत उनले गरिन् ।
अस्पतालको नाममा भोट नमाग्ने प्रतिबद्धता
संघिय साँसद एवं पूर्व मन्त्री तथा गजेन्द्रनारायण स्मृति प्रतिष्ठानको संरक्षक अनिलकुमार झाले जसलाई जिताएर सत्तामा पुर्याए त्यसैले आज अस्पतालको वारेमा गलत कुरा हरु गर्दै हिडिरहेको कार्य प्रति तिव्र रुपमा आलोचना गर्दै गजेन्द्र मेमोरियल अस्पताल रौतहटबासीको धरोहर हो त्यसको नाममा भोट कहिले पनि नमाग्ने बचनबद्धता प्रकट गरे ।
हो यहाँ माछा र बाख्रा पालन गरिएको छ, यहाँ काम गर्ने स्थाफ, विजुली पानीको खर्च वेहोर्ने कार्यको लागि राखिएको छ, भारतीय राजदुतावासबाट एक सुका रकम लिएको छैन यदी सावित भएमा आजिवन राजनिति छाड्ने बताउदै गलत प्रचारबाजी गरेर घृणित राजनिति गर्ने व्यक्तिहरुलाई यसपाली नेपाली जनताले सबक सिकाउने चेतावनी दिए ।
अस्पतला उदघाटन समारोहमा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, लसपाको वरिष्ठ नेता राजेन्द्र महतो लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।