भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति वाइडेन विच भर्चुअल वार्ता

   २८ चैत्र २०७८, सोमबार १७:१६  

नयाँ दिल्ली । रुस र युक्रेन आक्रमण को बिषयलाई लिएर तटस्थ बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेन संग भर्चुअल बैठक भईरहेको छ ।
युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर दुई देशबीच गम्भीर मतभेद भएका बेला यो महत्वपूर्ण बैठक हुन लागेको हो ।
भारतको युक्रेन प्रकरणमा भूमिकाको विषयमा अमेरिका असन्तुष्ट रहेको बेला हुन लागेको यस उच्चस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ । दुवै नेताले दक्षिण एसिया, इन्डो–प्यासिफिक क्षेत्र र विश्वव्यापी मुद्दाहरूमा जारी द्विपक्षीय सहयोगको समीक्षा र विचार आदानप्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भर्चुअल बैठकमा द्विपक्षीय समग्र विश्वव्यापी रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने उद्देश्यका साथ नियमित र उच्चस्तरीय संलग्नता कायम राख्न छलफल हुने बताइएको छ । दुई नेताबीचको भेटवार्ता वासिङ्टनमा हुने भारत–अमेरिका टु प्लस टु मन्त्रीस्तरीय वार्ता अघि हुनेछ । टु प्लस टु वार्ताको नेतृत्व रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र अमेरिकी समकक्षी रक्षा सचिव लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै