गौरको दुई वडाध्यक्ष सहित सयौं लोसपामा प्रवेश

   २८ चैत्र २०७८, सोमबार १७:४१  

गौर, २८ चैत । स्थानीय तहको निर्वाचन नजिकदै जाँदा पार्टी प्रवेश छाड्ने र प्रवेश गर्नेहरुको यतिवेला लहर चलेको छ ।
गौर नगरपालिका वडा नम्वर १ को वडाध्यक्षमा गत निर्वाचनमा निर्वाचित भएको वडाध्यक्ष भरत साह र वडा नम्वर ४ मा एमालेबाट निर्वाचित भएका भुनेश्वर प्रसाद शाही सहितका व्यक्तिहरु उक्त पार्टी परित्याग गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेको हो ।
गौरको रामजानकी धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न एवं नव आगन्तुकहरुलाई फुल माला अविर लिएर स्वागत गर्नका निमित्त लोसपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, वरिष्ठ नेता एवं संघिय साँसद अनिलकुमार झाले नवप्रवेशी साह र शाही सहित सयौं जनालाई पार्टीमा स्वागत गरे ।
स्वागत गर्दै महतो र झाले स्थानीय निर्वाचनमा लोसपालाई अत्याधिक स्थानमा विजयी बनाउनका निमित्त कार्यकर्ताहरु देखि लिएर नेता सम्म इमान्दारीका साथ लागेर भिड्नुपर्ने बताए ।
उक्त कार्यक्रममा प्रदेश साँसद बाबुलाल साह, गौर नगरपाकिलाको मेयर अजयकुमार गुप्ता, उपमेयरको प्रत्यासी श्रीमती उषा झा सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै