पुरेनवामा एमालेको पार्टी प्रवेश कार्यक्रम

रौतहट, २८ चैत । अहिले नेताहरुलाई पार्टी प्रवेश कार्यक्रम भ्याई नभ्याई रहेको छ ।
गौर नगरपालिकाको पुरेनवामा नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौंको सख्यामा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुलाई नेकपा एमाले स्थायी समिति सदस्य प्रभु साहले स्वागत गरे ।
स्थायी समिति सदस्य साहले वर्तमान सत्ताधारी अपवित्र गठबन्धनको सरकारको पहिलो प्राथमिकता महगी बढाएर जनताहरुको कम्मर भाँचिदिएको छ अर्को तर्फ किसानहरुलाई सहज रुपमा उपलब्ध गराउनु पर्ने मल विउविजनको कुनै मतलब नराखी भगवान भरोसे किसानलाई छाड्ने काम गरेको आरोप लगाउदै यस्तै सरकारबाट जनताहरु आजिज भईसकेको अवस्थामा स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा मतदान गरेर देशमा इतिहास कायम गर्नुपर्ने बताए ।
स्थायी समिति सदस्य साहले गौर नगरपालिका वडा नम्बर ८ का युवा नेता परमात्मा साह, अम्ब्या खातुन सहित सयौंलाई स्वागत गरे ।
सो कार्यक्रममा संविधान सभा सदस्य बबन सिंह, गौर नगरपालिकाको मेयरको उम्मेदवार अनिल कुमार मिश्रा, त्रिभुवन साह, अमित कुमार ठाकुर लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।