राजदेवीमा नेपाली काँग्रेसको पार्टी प्रवेश कार्यक्रम

   २८ चैत्र २०७८, सोमबार १८:०४  

राजदेवी (रौतहट), २८ चैत । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा नेपाली काँग्रेसको प्यानललाई जिताउने भन्दै दुई जना वडाध्यक्ष सहित सयौं कार्यकर्ताहरु विभिन्न पार्टीहरु परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेको छ ।
राजदेवी नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेका प्रदेश सभापति कृष्णप्रसाद यादव, जिल्ला सभापति सुनिलकुमार यादव, उपाध्यक्ष धिरेन्द्र सिंह सहितका पदाधिकारीहरुको रोहवरमा नेपाली काँग्रेसलाई जिताउनु बाहेक अर्को कुनै विकल्प नरहेको भन्दै जसपाका दुई जना वडाध्यक्ष काग्रेसमा प्रवेश गरेको हो ।
नवप्रवेशीलाई प्रदेश सभापति यादवले फुलमाला अविर लगाएर पार्टीमा स्वागत गरे । राजदेवी २ मा जसपाबाट निर्वाचित वडाध्यक्ष सनुप महतो, वडाध्यक्ष शंकर राय यादव र लोसपाबाट निर्वाचित पंकज सिंह आज पार्टी परित्याग गरेर नेपाली काँग्रसमा प्रवेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै