पुरानो रिसिइबीमा मर्यादपुरमा साँघातिक आक्रमण, एक महिला सहित तिन घाइते

रौतहट, २९ चैत । मौलापुर नगरपालिका अन्तर्गत पर्ने मर्यादपुर गाउँमा पुरानो रिसिइवीमा तिवारी परिवारमाथि सोमवार वेलुकी केही व्यक्तिहरुको समुहले साँघातिक हमला गर्दा ३ जना गम्भीर घाईते भएको छ ।
रौतहटको मौलापुर नगरपालिका मर्यादपुर गाउँ निवासी शम्भूनाथ तिवारी, द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारी माथि सोही गाउँका केही मानिसहरुले ज्यान मार्ने उद्देश्यबाट साँघातिक आक्रमण गरेका हुन् ।
साँघातिक आक्रमणमा परेर गम्भीर घाईते भएको तिनै जनालाई मौलापुरको अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेका छन् ।


जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार पुरानो रिसिइवीको कारण पटक पटक उनीहरुको पञ्चायती भएको, मौलापुर नगरपालिकाको कार्यालयमा समेत मिलाउने प्रयास गरियो तर एक्कासी हिजो वेलुकी तिवारी परिवार माथि अर्को पक्षद्धारा साँघातिक आक्रमण गरिएको छ । साँघातिक आक्रमण भएको खवर प्राप्त हुना साथ त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको रौतहट प्रहरीको एसपी विनोद पोखरेलले जानकारी दिए ।
घटनामा संलग्न २ जना व्यक्तिलाई हिजो राति नै हामीले नियन्त्रणमा लिएका छौं एसपी पोखरेलले भने । संलग्न अन्य व्यक्तिहरुको खोजि कार्य भईरहेको बताउदै उक्त घटनाको अनुसन्धान कार्य जारी रहेको हुँदा अन्य कुराहरु खुल्दै गएको उनले भने । पिडित पक्ष उपचारको क्रममा रहेको हुँदा अहिले सम्म जाहेरी नआएपनि अनुसन्धानको आधारमा आक्रमणमा संलग्नहरुको खोजी कार्य जारी रहेको स्पष्ट पारे ।
गम्भीर घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साह आफै अस्पतालमा पुगेर चिकित्सकलाई उपचारमा कुनै कमी नराख्न निर्देशन दिदै यस प्रकारको जघन्य अपराध गर्ने अपराधीहरुलाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्नेमा जोड दिइन् ।
साँघातिक आक्रमण विरुद्ध प्रभु साहको वक्तव्य
नेकपा एमालेको स्थायी समिति सदस्य प्रभु साहले समाजिक संजालको माध्यमबाट प्रस वक्तव्य जारी गर्दै मुलुकमा कानुनी राज्यको अनुभुती आम नागरिकहरु गर्नबाट बंचित भएको परिणाम नै तिवारी परिवार माथिको साँघातिक हमला भएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय प्रहरी प्रशासनले कानुनी राज्यको महत्वलाई कायम राख्न अविलम्ब दोषिहरुलाई नियन्त्रणमा लिई कानुनी कठघेरामा उभ्यान माग समेत गरे ।
साहले प्रहरी प्रशासनको मौनता प्रति आपति जनाउदै २१ औं शताब्दीमा पनि लोकतन्त्र एवम् कानुनी राज्यमा यस्ता प्रकारका घटना हुनु निन्दीनय कार्य रहेको तथा ज्यान मार्ने उद्देश्यले यस्ता प्रकारका घटना पटक पटक भईरहेको भएपनि प्रहरी प्रशासनको पहँुच भन्दा बाहिर रहेका अपराधिहरुलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् ।