latest version of zoom for windows 11 download zoom for laptop hp download zoom meeting app for windows 8 - download zoom meeting app for windows 8 zoom 5 download zoom app windows download free - zoom app windows download free zoom download - zoom download zoom download.com

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेन विच भर्चुअल वार्ता भए

   २९ चैत्र २०७८, मंगलवार १५:१६  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन विच भर्चुअल प्रविधिबाट वार्ता भएको छ ।
रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेर दुबै राष्ट्र प्रमुखहरु विच वार्ता भएको बताइएको हो । वार्ता पछि भारतीय प्रधानमन्त्री मोदीले भने आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भएको छ जुन अवस्थामा युक्रेन प्रति सर्वत्र एवं विश्वभरी नै चासो लिइएको छ । केही साता अघि मात्रै २० हजार भन्दा बढि भारतीयहरु लाई युक्रेनबाट निकालिएका थिए । त्यसमा अधिकाँश युवा विद्यार्थीहरु रहेको थियो ।
दुई देश विच जारी युद्धको अन्त्यको आह्वान र शान्तिको मार्ग तर्फ अगाडी बढ्न आग्रह गर्दै प्रधानमन्त्री मोदीले भने, मैले युक्रेन र रुसका राष्ट्रपतिहरु संग कयौं पटक टेलिफोनमा कुरा गरेर शान्तिको अपील मात्र गरिन बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपति संग प्रत्यक्ष वार्ताका लागि सुझाव समेत दिएको छु ।
भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए । भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने तयारीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै