प्रधानाध्यापक ठाकुर र सहयोगीलाई ३ लाख घुसको रकम सहित अख्तियारद्धारा पक्राउ

   ३० चैत्र २०७८, बुधबार १५:०९  

रौतहट, ३० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले प्रधानाध्यापक सहित उनको सहयोगीलाई ३ लाख नगद सहित पक्राउ गरेको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ७ जोकहा–घिउरामा रहेको विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानमध्यापक राकेशकुमार ठाकुर र उनका सहयोगी दिपेन्द्रकुमार झालाई तिन लाख नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार विहान पक्राउ गरेको हो ।
करार सेवा अवधीमा नियुक्ति दिएवापत तिन लाख रुपैया घुस माग्दै आएको हुँदा ति व्यक्तिहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको आधारमा आज विहान ७ बजेको समयमा यमुनामाई गाउँपालिकाको सरुअठा चोकमा ति व्यक्तिले रकम दिएको केही वेरमै अख्तियारको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा घुस वापतको रकम सहयोगी झाले बोकेको झोलाबाट बरामद भएको श्रोतबाट बुझिएको छ ।
पक्राउ परेका दुबै जनलाई अख्तियारको नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि काठमाण्डौ लगिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै