सर्लाहीको कविलासी नगरपालिकामा एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश

   ३० चैत्र २०७८, बुधबार १७:३३  

सर्लाही, ३० चैत । निर्वाचनको समयमा टिकट पाउने अवस्था नदेख्दा विभिन्न राजनितिक दलमा रहेका नेता एवं कार्यकर्ताहरु टिकट पाउने आशामा दलबदल गर्नेहरुको यतिवेला लर्को लागेका छन् ।
यसैक्रममा सर्लाहीको कविलासी नगरपालिकामा एमाले पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्नेहरुलाई मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीमा स्वागत गरेका हुन् ।
विनय कर्ण २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट कविलासी नगरपालिकाको प्रमुख पदको प्रत्यासी थिए । त्यती वेला उनी तेश्रो स्थानमा रहेका थिए ।
सर्लाहीको गैर बजारमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गरेर आएका कर्णलाई कांग्रेसको मधेस प्रदेश समितिका सभापति कृष्णप्रसाद यादव, प्रदेश उपसभापति एवं प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह र काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले फूलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
यसैगरी एमालेबाटै निर्वाचित कबिलासी नगरपालिका–८, अगर्वाका वडाध्यक्ष वीरेन्द्र प्रसाद साह सहित ठूलो संख्यामा अन्य पार्टीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
यसअघि तत्कालिन संघीय समाजवादी फोरमबाट नगरप्रमुखको प्रत्सासी ब्रम्हदेव राय पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् । दोस्रो बढी मत ल्याएका राय निर्वाचन लगत्तै कांग्रेसमा आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै