द हिमालयन टाइम्सका संवाददाता तथा तराई टपको सम्पाकद झा जनसेवा श्रीबाट सम्मानित

1085 Shares

काठमाडौं, १ वैशाख । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीबाट लामो समय देखि पत्रकारिता क्षेत्रमा कार्यरत रहेका द हिमालयनकर्मी तथा मध्य तराई मिडिया प्रालीद्धारा संचालित तराई टपको सम्पादक प्रभातकुमार झा जनसेवा श्री बाट सम्मानित भएको छ ।
रौतहट जिल्ला कार्य क्षेत्र रहेर विगत २४ बर्ष देखि पत्रकारिता गर्दैै आएको झालाई गृह प्रशासनले उच्च मूल्याँकन गरेर नाम सिफारिस गरेकोमा उनलाई विहिवार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विभुषण समारोहमा राष्ट्रपति भण्डारीले जनसेवा श्री पञ्चमबाट सम्मानित गरिएको हो ।


“पत्रकारिता क्षेत्रमा काम गर्दा निष्पक्ष, तथ्यमा आधारित इमानदारिका साथ कलम चलाइयो भने राज्यले मूल्याँकन गर्ने छ । जसको फल स्वरुप परिणाम आज सबैको सामु रहेको छ ।” राष्ट्रपतिबाट सम्मानित भएका टराई टपका सम्पादक झा भन्छन्, “आज भएको विभुषण प्रदान अबको आउने पीढीका लागि प्रेरणको श्रोत बन्ने छ ।”
निष्पक्ष, निस्वार्थ भावनाले काम गरियो भने कसैले पत्याओस नपत्यायोओस तर राज्यको कुनै न कुनै अंगले अवश्य तपाईको कार्यको उच्च मूल्यांकन गर्ने छन् र एक दिन देशको सर्वोच्च सम्मान पाउन सकिन्छ । मोफसलमा रहेर पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण भएपनि निकै बाधा अवरोधको सामना गर्दै विगत २४ बर्षको पत्रकारिता गरेको तपस्याको फल आज प्राप्त भएकोमा उनी गर्व महसुस गरे ।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।
त्यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो ।
विभूषण समारोहमा देशको विभिन्न क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, उद्योगपति, संचार प्रतिष्ठानको प्रमुख, संचारकर्मीहरु, कलाकारकर्मी, सैनिक, प्रहरी, राजनितिक कर्मी लगायत करिव ९ सय जनालाई राष्ट्रपति भण्डारीले विभूषणबाट विभूषित गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार