राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न विधामा रौतहटको ५ जना विभूषित

1505 Shares

काठमाडौं २ वैशाख । रौतहट जिल्ला घर भई विभिन्न क्षेत्रमा कार्यरत रहेका र रौतहटमै पदस्थापना भएको गरी पाँच जना सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छन् ।
सम्मानित हुनेहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका ३ मत्सरीको २ जना, गौर नगरपालिका घर भएको १ जना, राजदेवी नगरपालिकाको १ र सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणको गणपति गरी पाँच जनालाई विभिन्न पदक प्रमाण पत्रबाट राष्ट्रपति भण्डारीले विहिवार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा विभूषित गरे ।


संविधान दिवश २०७८ असोज ३ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले घोषणा गर्नुभएको अनुसार हिजो विभूषण समारोहमा भौतिक पूर्वाधार क्षेत्रमा राम्रो एवं गुणस्तरिय कार्य गरी आफनो नाम राख्न सफल भएको तथा प्रदेश नम्वर ५ को भौतिक पूर्वाधार मन्त्रालयको निमित्त सचिव भएर पूर्वाधारको क्षेत्रमा गरेको योग्दानको मूल्याँकन गर्दै हाल हुलाकी सडक आयोजनाको निर्देशकको रुपमा रहेका तथा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी निवासी सिनियर डिभिजन इन्जिनियर धर्मेन्द्र झालाई प्रबल जनसेवा श्री बाट विभूषित गरिएको छ । आउदो दिनहरुमा यस्तै कार्य गरेर कार्यरत क्षेत्र र आफनो पहिचानलाई अझ उच्च पारी उज्जवल भविष्यको शुभकामना दिदै विभूषित हुनु भएकोमा तराई टपले बधाई दिन चाहन्छ ।


यसैगरी गौर नगरपालिका घर भई गृह मन्त्रालय अन्तर्गत पर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत मुकेश केसरीलाई गृह प्रशासन क्षेत्रमा इमान्दारीको साथ काम गरी जनतालाई सहज, सरल रुपमा सेवा प्रवाह गर्नुका साथै सेवाग्रहीहरु प्रतिको व्यवहारलाई दृष्टिगत गर्दै उनलाई प्रबल जनसेवा श्रीबाट राष्ट्रपति भण्डारीले विभूषित गर्नुभएकोमा उहाँको आउदो कार्यकाल सुखद, सफल एवं जनमुखी बनोस भने कामना गर्दै बधाई तथा शुभकामना तराई टपले दिन चाहन्छ ।


यस्तै सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटमा कार्यरत गणपति एवं सशस्त्र प्रहरी उपरिक्षक (एसपी) ध्रुव कार्कीलाई सशस्त्र प्रहरी बल गण सर्वोत्कृष्ट अवार्ड पाउन सफल भएको र उहाँ कार्यरत गणले राम्रो कार्य गरेको, अपराध नियन्त्रण, राजस्वमा वृद्धि, सिमा क्षेत्रमा हुने चुहावट नियन्त्रण लगायतका विपदका क्षेत्रमा पनि असल नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा उनलाई राष्ट्रपति भण्डारीले प्रबल जनसेवा श्री बाट विभूषित गर्नुभएकोमा उनको कार्यकाल सुखद एवं प्रगतिमय बनोस कामना गर्दै तराई टपले बधाई तथा शुभकामना दिन चाहन्छ ।
नारायण अस्पताल विरगंजमा कार्यरत रौतहटको राजदेवी नगरपालिकाको ब्रम्ह्पुरी निवासी डा. निरज सिंहले कोभिड १९ महामारीको समयमा ज्यानको पर्वाह नगरी विरामीहरुको राम्ररी उपचार गरेकोमा उनले पुर्याएको योग्यदानको उच्च मूल्याँकन गर्दै राष्ट्रपति भण्डारीबाट विभूषित हुनु भएकोमा उनको भविष्य उज्जवलमय बनोस भने कामनाको साथ हार्दिक बधाई तथा शुभकामना तराई टपले दिन चाहन्छ ।


यस्तै गरी रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरी घर भई रौतहट जिल्लामै पत्रकारिता क्षेत्रमा कार्यरत रहेका प्रभातकुमार झाले विगत २४ बर्ष देखि कलमको माध्यमबाट समाज, जिल्ला र राष्ट्रलाई पुर्याएको योग्यदानको उच्च मूल्याँकन गरेर उनलाई राष्ट्रपति भण्डारीले जनसेवा श्री बाट विभूषित गरेकोमा तराई टप परिवार नेपाल सरकारलाई धन्यवाद दिर्दै झाको प्रगत र उन्नतीको लागि तराई टपले कामना गर्दै बधाई तथा शुभकामना दिएको छ ।
रौतहटको पाँच जना राष्ट्रपतिबाट विभिन्न विधामा विभूषित हुनु २०७९ सालको पहिलो दिन सुखद सन्देश लिएर आएको छ । आशा छ नेपाल सरकारले गरेको विभूषणको आ आफनो क्षेत्रमा गरिमालाई कायम राख्न सफल हुने छ भने कामना तराई टपले गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार