आतंकबाद विरुद्ध सशक्त कदम चाल्न अमेरिका र भारतले संयुक्त रुपमा पाकिस्तानी संग आह्वान गरे

   ४ बैशाख २०७९, आईतवार ०८:००  

वासिङ्टन । अमेरिका र भारतले संयुक्त रुपमा पाकिस्तानलाई आतंकवाद विरुद्ध सशक्त भएर कदम चाल्न आह्वान गरेका छन् ।

अमेरिकी र भारतीय विदेश एवम् रक्षामन्त्री सम्मिलित ‘टु प्लस टु’ वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई आफ्नो भू भाग कुनै पनि आतंकवादी गतिविधिमा प्रयोग गर्न नदिन आह्वान गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार विज्ञप्तिमा पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंककारी हमलाका लागि प्रयोग गर्न नदिन ‘तत्काल, दिगो र अटल कदम’ चाल्न आह्वान गरिएको छ ।

‘आतंकवादी समूहको प्रयोग र सीमापार आतंकवादको भारत कडा निन्दा गर्दछ साथै २६/११ मुम्बई आक्रमण र पठानकोट आक्रमणका योजनाकारलाई कानुनी र न्यायीक दायरामा ल्याउन समेत आह्वान गरेको।’ विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोइड अष्टिन तथा भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीच अमेरिकाको राजधानी वाशिंटन डीसीमा वार्ता भएको थियो ।

वर्तापछि जारी विज्ञप्तिमा दुबै मुलुकले अल कायदा, जैश ए मोहम्मद, हिज्बउल मुजाहिद्दिन, लस्कर ए तैएबा, इस्लामिक स्टेटलगायत सबै आतंककारी समूहविरुद्ध एकीकृत प्रयासमा समेत जोड दिएका छन् ।

११ अप्रिलमा वार्ता शुरु हुनुअघि दुई मुलुकका सरकार प्रमुखहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी राष्ट्रपति जो बाइेडनबीच भर्चुअल संवाद भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै