गुजराती माटो नेपालमा भित्रयाएर टायल्स उत्पादन

294 Shares

बारा । नेपालमा पहिलोपल्ट गुजराती माटोबाट उत्पादन गरिने टायल्स उद्योग सञ्चालनमा आएको छ। बाराको जीतपुर सिमरा- ८ इमली पर्तीटोलको साढे ५ बिघा क्षेत्रफलमा जग्गामा करिब १ अर्बको लगानीमा नेपाल सेरामिक इन्डस्ट्रिज संचालनमा आएको हो।

उद्योगले फागुनको अन्तिम सातादेखि परीक्षण उत्पादन शुरु गरेको उद्योगका प्रमुख प्रशासकीय अधिकृत नागेश्वर जयसवालले बताए।

उद्योगका लगानीकर्ता हार्डवेयर तथा सम्बद्ध सामाग्रीका व्यवसायी हुन्। वीरगंजका मनोज रौनियार र जनकपुरका शम्भु झाको साझेदारीमा यो उद्योग स्थापना भएको हो। करिब तीन वर्षदेखि जग्गा खरिद र निर्माणको काम सम्पन्न भइसकेपछि हाल उद्योग सञ्चालनमा ल्याइएको जयसवालको भनाइ छ।

उद्योगले २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट (एक प्याकेटमा २ गुणा २ वर्गफिटको चार पिस) टायल्स उत्पादन गरिरहेको छ। अर्थात् २४ घण्टामा १७५ टन टायल्स उत्पादन गरिरहेको उनले जानकारी दिए।नेपोभिट टायल्सको ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाललाई चयन गरिएको छ ।

उद्योगमा हाल १४ महिलासहित ३७ जना स्वदेशी र १४० जना भारतीय कामदार तथा प्राविधिकले काम गरिरहेका छन्। लगानीकर्तामध्येका वीरगंजका व्यवसायी मनोज रौनियार २० वर्षदेखि वीरगंजमै टायल्ससम्बन्धी कारोबार गर्दै आएका छन्।

उनको वीरगंज लिंकरोडमा नेपाल सेनेटरी, सगरमाथा सप्लायर्स पसल छ। जनकपुरका व्यवसायी शम्भु झाको काठमाडौं हार्डवेयरको डिलर छ। नेपालमा यस्तो उद्योग नभएकाले दुवैजनाले साझेदारीमा उद्योग स्थापना गरेको बताए।

यो उद्योग सञ्चालनमा आएपछि नेपालको व्यापार घाटा कम हुने विश्वास उद्योगले लिएको छ। वीरगंजबाट दुई हजार किलोमिटर टाढा भारत, गुजरातबाट कन्टेनरमा टायल्स बनाउने माटो रेलमार्गबाट ल्याएर प्लान्टमा प्रशोधन गरी टायल्स बनाउने गरिन्छ। टायल्स बनाउने डिजिटल गिलेज्ड भर्टिफाइड प्रविधिको मेशिनहरु चीन र इटालीबाट ल्याइएको हो। यस्तो उद्योग नेपालसँगै भारतको बिहार र उत्तरप्रदेशमा नरहेको उद्योगीहरुको दाबी छ।

नेपालमा पछिल्लो समयमा टायल्सको खपत र व्यवसाय बढ्दै जाँदा भारत तथा तेस्रो मुलुकबाट आयातित टायल्सले व्यापार घाटा बढ्ने भएर यो उद्योगले नेपालमै बाहिरको टायल्सभन्दा सस्तो पाइने र व्यापार घाटा कम हुने अनुमान गरिएको छ।

अहिले यो उद्योगले दुई गुणा दुई वर्गफिट आकारको टायल्स उत्पादन गरिरहेको छ भने आगामी दिनमा दुई गुणा चार वर्गफिट आकारमा टायल्स उत्पादन गर्ने लक्ष्य राखेको छ।

विदेशी टायल्स नेपालमा अहिले ग्राहकले दुई गुणा दुई वर्गफिटको चारवटा टायल्स भएको एउटा प्याकेट १५ सय रुपैयाँमा किनिरहेका छन् भने यो उद्योगले डिलरहरुको लागि चार पिस टायल्सको एउटा प्याकेटको मूल्य ११ सय रुपैयाँ मात्र राखेको जानकारी दिएको छ। उपभोक्ताले स्वदेशी टायल्स खरिद गर्दा ५० देखि सय रुपैयाँसम्म कम पर्ने उद्योगले दाबी गरेको छ।

यसरी बनाइन्छ टायल्स

उद्योगमा सबैभन्दा पहिले भारतबाट आयात गरिएको टायल्स बनाउने माटो(क्ले)लाई बलमिलमा ग्राइन्डिङ गरिन्छ, त्यसपछि सिलिप ट्यांकमा घोलिन्छ, घोल्ने क्रममा पानी, केमिकल र माटोको समिश्रण हुन्छ।

त्यसपछि ट्यांकमा स्टक गरी तरल माटोलाई स्प्रे डाइङमा सुकाएर साइलोमा भण्डारण गरिन्छ। भण्डारणपछि विभिन्न आकार र डिजाइनको छाप्ने मेसिनमा उक्त माटोलाई पठाउँदै टायल्स उत्पादन गरिन्छ। डाइङ मेशिनमा मात्रै एउटा टायल्सलाई सबै प्रक्रिया पूरा गर्न करीब १२ सय मिटर लम्बाई तय गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।