zoom download free windows 8 - zoom download free windows 8 zoom download 5.8.4 zoom download 5.0.4 zoom meeting app free download for pc windows 10 - zoom meeting app free download for pc windows 10 zoom login my account change name

परराष्ट मन्त्री खड्का भारत भ्रमणको तयारीमा

   ४ बैशाख २०७९, आईतवार ०८:३२  

काठमाडौ । परराष्ट्रमन्त्री डा. नारायण खड्का भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले भ्रमणको गृहकार्य थालेको छ । मिति भने टुंगो लागिसकेको छैन । खड्का विभिन्न सहमति तथा सम्झौता कार्यान्वयनका लागि छलफल गर्न नयाँदिल्ली जान लागेका हुन् ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले निर्णय कार्यान्वयन, भएका सहमति लागू गर्न भ्रमणमा वातावरण बनाउने बताइन् । हालै प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भ्रमणमा विभिन्न सम्झौता, समझदारी तथा उर्जा अवधारणा पत्रमा समझदारी भएको थियो ।

विभिन्न द्विपक्षीय सहयोगका परियोजना उद्‌घाटन पनि गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै