वालिङमा जीप दुर्घटना, ४ जनाको अवस्था गम्भिर

   ४ बैशाख २०७९, आईतवार १२:११  

स्याङजा, ४ वैशाख । स्याङजाको वालिङमा आइतवार विहान जीप दुर्घटना भएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्क स्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको हो ।
दुर्घटना स्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको प्रहारीले जनाएको छ ।
दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको छ । जीपमा ११ जना सवार रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै