दुध बोक्ने ट्यांकर भित्र मलको बोरा बरामद

   ४ बैशाख २०७९, आईतवार १२:४७  

सर्लाही, ४ वैशाख । दुध बोक्ने ट्यांकर भित्र मलको बोरा सशस्त्र प्रहरीले फेला पारेको छ ।
शनिबार दिउँसो २ बजे को समयमा बरहथवाबाट नयाँरोड तर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकरलाइृ सशस्त्र प्रहरीले चेकजाँच गर्दा ट्यांकर भित्र रासायनिक मलको बोरा फेला परेको हो ।
दुध बोक्ने ट्यांकर भित्रको एउटा क्याविनमा २५ बोरा यूरिया मलखाद बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल धरहरा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ । ट्यांकरसँगै चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रनाथ नपा–३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै