zoom app meeting zoom offline installer msi zoom blur transition premiere pro download download zoom pc 64 bit download zoom chat after meeting portal zoom app join zoom meeting online from browser - join zoom meeting online from browser

७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत खटिए, निर्वाचन आयोग

   ४ बैशाख २०७९, आईतवार १३:०५  

काठमाडौं, ४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ ।
सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको हो । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई तोकिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जानको लागि नियुक्ति पत्र दिइसकिएको छ ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको अवस्था छ ।
वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने छन् । अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनाव सम्बन्धी काम गर्ने आयोगले जनाएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गरिने कार्यक्रम तय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै