गठवन्धन भए रौतहटको सबै पालिका जित्ने सम्भावना

   ४ बैशाख २०७९, आईतवार १३:१७  

प्रेमचन्द्र झा
गौर, ४ वैशाख । रौतहटमा सत्ता साझेदार बिच गठवन्धन गरिए जिल्ला कब्जा गर्ने सम्भावना रहेका छन ।
१८ वटा स्थानिय तह मध्ये २ गाउँ पालिका र १६ वटा नगरपालिका रहेका हुन । संघिय सरकारमा आवद्व पार्टी बिच तालमेल वा गठबन्धन गरिए राम्रो परिणाम आउने सक्ने संकेत देखिएको छ ।
जिल्लाको सबै जसो स्थानिय तहहरुमा नेपाली कांग्रेसको राम्रो पकड छ । परोहा, राजपुर, कटहरिया, वृन्दावन, गढिमाई, फतुवा विजयपुर, चन्द्रपुर, गरुडा, ईशनाथ, राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँ पालिमामा जित्ने सम्भावना रहेको छ । नेकपा माओवादी केन्द्रले पाए रौतहटको मौलापुर, गरुडा, कटहरिया, चन्द्रपुर, वृनदावन नगरपालिका र यमुनामाई तथा दुर्गा भगवति गाउँ पालिकामा जित्न सक्छन ।
नेकपा एकिकृत समाजवादीले मौलापुर, राजदेवी, बौधिमाई, वृन्दावन, गौर र माधव नारायण नगरपालिकामा जित्ने सम्भावना छ । सत्ता साझेदार जनता समाजवादी पार्टीले पाए गरुडा, माधवनारायण, गुजरा, बौधिमाई, देवाही गोनाही र गढिमाई नगरपालिका जित्ने सम्भावना रहेको छ । तालमेलको लागि बैठक बसेको छ । बैठकले निष्कर्षमा पुग्ने सताधारी दलका अगुवा नेताले दाबी गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै