निर्धारित समयमै निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुरधाम, ४ वैशाख । स्थानिय तहको निर्वाचनको मितिको घोषणा संगै कार्यक्रम समेत सार्वजनिक भइसकेको छ ।
देश निर्वाचनमय भएको बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नै अन्यौल सृजना गर्ने अभिव्यक्ति दिन थालेको हो ।
निर्धारित मितिमा चुनाव नहुने संशय अभिव्यक्तिले चुनावी माहौल मत्थर हुन सक्ने संभावना बढेर गएको छ ।
निर्वाचन आयोगले शनिवार जनकपुरधाममा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेको, निर्धारित मितिमा नै चुनाव हुने छ ।
निर्वाचनको मिति धकेलियोको भने मुलुक ठूलो दुर्घटनामा फस्न सक्छ, निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस् ।, चुनावको लागि उम्मेदवार छनौटको प्रकृयामा छ ।
‘अब निर्वाचनको मिति चाहेर पनि सार्न सकिदैन उनले भने, निर्वाचन निर्धारित मितिमा नै हुनेमा विश्वस्त हुनोस् । तर चुनाव सार्न कसले चाहेको हो ? त्यो उनले खुलाएनन् । निर्वाचन आयोगका प्रमुख आयुक्तले नै संशयपूर्ण अभिव्यक्ति दिएपछि चुनावबारे अन्योल र अनिश्चितता बढने नेताहरुले आरोप लगाएका छन् ।