मलंगवामा सत्ता साझेदार दलहरु बिच बैठक बस्दै

   बैशाख ६, २०७९  
282 Shares

सर्लाही, ६ वैशाख । सत्ता साझेदार दलहरु बिच मंगलवार सर्लाहीको मलंगवामा बैठक बस्दै छ ।
सर्लाही सदरमुकाम मलंगवामा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बिच चुनावी तालमेल गर्ने विषयमा बैठक हुदैछ ।
सत्ता साझेदार दलहरु बिच यसअघि पनि बैठक बारम्बार बसेपनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
एक दलले अर्काे दलको उम्मेदवारलाई स्वीकार गरेर चुनावमा जाने अवस्था नै नरहेको अवस्था छ । नेपाली कांग्रेस सर्लाहीका एक नेताका अनुसार चुनावी तालमेल हुने सम्भावना निकै कम छ । नेताहरु गएराती अबेर सम्म जनकपुरमा पुगेर बैठकमा बसेको भएपनि कुनै सहमती हुन नसकेको बुझिएको छ । गठवन्धन भित्रकै दलहरु एक्लाएक्लै चुनाव लड्नुपर्ने पक्षमा देखिएका छन् ।
यस्तै, चुनावी तालमेलको विषयमा छलफल भइरहँदा एउटै पार्टीभित्र फरक समूहलाई सहभागी नगराएको भन्दै विवाद भइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै