काडिजद्धारा बार्सिलोना पराजित

294 Shares

रौतहट । स्पानिस “ला” लिगामा सोमबार राति सम्पन्न भएको खेलमा घरेलु टिम बार्सिलोना दोस्रो स्थानको काडिज सँग १–० ले पराजित भएको छ ।
बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको हो ।
काडिजलाई जिताउन लुका पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र जाभी एरामा लिगमा बार्सिलोनाको १५ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ । बार्सिलोना रियल बिच १५ अंकको अन्तर छ । रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा पुगेको छ । बार्सिलानाको ६० अंक हो ।
बार्सिलोनालाई हराएपछि काडिजेले ३२ खेलमा ३१ अंक जोडेर ३१ औं स्थानमा छ । र रेलिगेजन जोनबाट २ अंकले सुरक्षित छ ।

सम्बन्धित समाचार