श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित युवक साह पक्राउ

   २१ पुष २०७७, मंगलवार १५:४२  

रौतहट, २१ पुस । श्रोत नखुलेको ८ लाख रुपैया सहित रौतहट प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।
सोमवार विहान साढे नौं बजेको समयमा इलका प्रहरी कार्यालय मौलापरबाट नियमित गस्तीमा खटिएको प्रहरीले प्रदेश १ ०२०४२ प २००० नम्वरको मोटरसाइकल चेकजाँचको क्रममा वारा जिल्ला सिम्रौनगढ नगरपालिका १ खजानीका १७ बर्षिय युवक धिरेन्द्र साहलाई श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मौलापुर नगरपालकिका ५ मा चेकजाँचको क्रममा रहेका प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुपर स्पेलेण्डर मोटरसाइकलमा सबार युवक साहको शरिरबाट स्रोत नखुलेको अबैध नेपाली आठ लाख फेला परेको हुनाले निजलाई आवश्यक कारवाहीको लािग आज गौर भन्सार कार्यालय बुझाएको प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै