zoominfo stock forecast zoom app ceo information regarding zoom app zoom meeting for pc download www.zoom.com/download zoom audio device windows download

वर्ल्ड पुम्से च्याम्पियनसिपमा सहभागि हुन खेलाडि प्रशिक्षक सहित कोरिया प्रस्थान

   ६ बैशाख २०७९, मंगलवार १३:३६  

रौतहट । दक्षिण कोरियामा वैशाख ८ गते देखि १९ सम्म हुने वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।
वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका ५ खेलडि र प्रशिक्षक कोरिया तर्फ प्रस्थान गरेको हो ।
च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, यसै प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नोर्बु लामा पनि दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन् ।
नोर्बुले पुम्से विधामा सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।
नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै