निर्देशक अग्निहोत्रीले ‘द दिल्ली फाइल्स’ बनाउने घोषणा

   ६ बैशाख २०७९, मंगलवार १५:४०  

मुम्बई । विवेक अग्निहोत्री निर्देशित ‘द कश्मीर फाइल्स’ लकडाउनपछि सबैभन्दा सफल भारतीय फिल्म बन्यो । कश्मिरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २५० करोड भारुभन्दा बढी कमाइ गरेको छ ।
फिल्म ब्लकबस्टर बनेसँगै निर्देशक अग्निहोत्रीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जसको टाइटल राखिएको छ, ‘द दिल्ली फाइल्स’ ।
यसै साता अग्निहोत्रीले फ्यानमाझ नयाँ फिल्म निर्माणको संकेत दिइसकेका थिए । भारतीय न्युज एजेन्सीसँग कुरा गर्दै उनले ‘द दिल्ली फाइल्स’ले सन् १९८६ को शिखविरोधी हिंसा र तमिलनाडुको यथार्थलाई चित्रण गर्ने बताएका छन् ।
सन् १९८४ को समय भारतीय इतिहासमा कालो वर्ष रहेको भन्दै उनले उक्त समयमा पञ्जाबमा भारतीय कांग्रेसले आतंकवादलाई मलजल गरेको समेत बताए ।
‘अहिलेसम्म त्यहाँ न्याय बहाली भएको छैन,’ उनले भने, ‘इतिहास तथ्यमा आधारित हुनुपर्छ न कि कुनै राजनीतिक एजेन्डा र उनीहरुको भाषामा आधारित हुने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै