download speed required for zoom call - download speed required for zoom call zoom download for windows 11 pc - zoom download for windows 11 pc most current version of zoom for windows download join zoom meeting zoom login meeting id

कमेडिमा अधारित ‘सिल्ली फो’ चाँडै प्रदर्शन हुने

   ६ बैशाख २०७९, मंगलवार १५:४३  

काठमाडौं । कमेडी विधामा आधारित फिल्म ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल स्टार फिल्मको पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित फिल्मले चारजना खलनायक पात्रको कथा छ ।
‘चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक सानेले भने । फिल्ममा केकीको भूमिका अहिलेसम्मकै पृथक रहेको उनले बताए । ८० लाख रुपैयाँ बजेट बताइएको फिल्ममा अन्य नयाँ कलाकार पनि समावेश छन् ।
मनोज डीके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सहनिर्माता छन् । दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र अनन्त घिमिरेको कलर संयोजन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै