सञ्चार उद्यमी खनाल सन्धिखर्कको मेयरमा सिफारिस

सञ्चार उद्यमी श्रीधर खनाल सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । खनालाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौं र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हुन् ।
विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखा“ची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ । २०५६ सालदेखि माओवादी केन्द्र (तत्कालिन नेकपा माओवादी) मा आवद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनाले पछिल्लो समय पार्र्टीको लुम्बिनी काठमाडौं प्रदेश सम्पर्क समन्वय समितिमा आवद्ध छन् । समन्वय समितिमा रहेका व्यक्तिहरु उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटिबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटिमा सिफारिस गरि पठाउनुपर्ने प्रावधान छ ।
सोही प्रावधान अनुसार खनाललको नाम केन्द्रीय कमिटिमा सिफारिस गरिएको हो । उक्त सिफारिसस“गै सन्धिखर्कमा मेयर पदमा उनको प्रवल सम्भावना देखिएको छ । मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्ष हुन् ।
उनले आफूले चुनाव जितेमा सामाजिक तथा आर्थिक क्षेत्रमा चमात्कारिक परिवर्तन गर्ने योजना रहेको दावी गरे ।
अर्घाखा“ची सन्धिखर्क–४ वाङलामा मध्यम वर्ग परिवारमा जन्मिएका खनाल समाजशास्त्रमा स्नातक पुरा गरी राजनीतिबाट देश र समाज बदल्न सकिने योजनामा रहेको बताउ“छन् । ‘२२ वर्षमा पार्टीमा काम गरे“, अब जनप्रतिनिधि भएर जनताको सेवामा तल्लिन हुनेछु’, उनले भने ।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामबरण यादवबाट सम्मानित भएका उनी लायन्स क्लव अफ काठमाडौं एप्पल शाखामार्फत सामाजिक तथा आर्थिक क्षेत्रमा समेत योगदान गर्दै आएका छन् ।
विकासका पूर्वाधारमध्ये भौतिक संरचना तथा सडक निर्माणको क्रम धेरै अगाडि बढेकोले अब आफ्नो ध्यान शिक्षा, स्वास्थ्य, सीप र रोजगारमा केन्द्रीत हुने उनको भनाई छ । ‘संविधान र कानूनका भएका अधिकार कार्यान्वयन गर्दै जनताका आवस्यकता जनप्रतिनिधिले पूरा गर्नुपर्छ भन्ने मेरो लक्ष्य हो’, उनले भने, ‘त्यसैले गाउ“मै गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउनुका साथै सीप तथा कृषिमार्फत युवालाई गाउ“मै स्वरोजगार बनाउने मेरो योजना छ ।’
उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेर जनजीविकाका कामहरु पूरा गर्ने पनि आफ्नो लक्ष्य रहेको बताए ।