मुलुकै पहिलो पटक सिसिटिभीको सवारी साधनलाई कारवाही गरिदै

   ६ बैशाख २०७९, मंगलवार १८:०२  

रौतहट, ६ वैशाख । मधेश प्रदेशका जिल्लाहरुमा बढ्दै गएको सवारी दुर्घटनालाई लिएर मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयले मुलुकमै पहिलो पटक सिसिटिभी क्यामराको आधारमा सवारी साधनलाई कारवाही सुरु गरेका छन् ।
फागुन महिनाको अन्तिम साता देखि लिएर चैत मसान्त सम्ममा सिसिटिभी क्यामराको आधारमा ६८७ वटा यात्रुबाहक सवारी साधन, मोटरसाइकल, मालबाहक ट्रक, टिपर, ट्रयाक्टर, निजी कारजीपलाई कारवाही गरी चार लाख २७ हजार जरिवाना असुल गरेर राजस्व खातामा दाखिला गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलहिया वाराले जनाएका हुन् ।


सो कार्यालयले जारी गरेको तथ्याँक अनुसार यातायात व्यवस्था नियमावली २०४४ को परिच्छेद ३ को नियम ९८ उपनियम ५ मा व्यवस्था भए भन्दा बढि गतिमा गुडिरहेको देखिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सिसिटिभ क्यामराबाट मुनेटरिंग गरी कारवाही सुरु गरिएको बताइएको छ ।
विगतको केही महिनामा यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका निमित्त मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, सप्तरी, सिरहा, महोत्तरी र बारामा सिसिटिभी जडान गरेर दक्ष ट्राफिक प्रहरीबाट मुनेटरिंग गराएर ६८७ सवारी साधन विरुद्ध कारवाही गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाको प्रमुख एवं एसपी नामतीराज गुरुंगले जानकारी दिए ।


त्यती मात्रै नभई हैण्ड हेल्ड रडार गनबाट स्पीड मापन गरेर गत साउन महिना देखि लिएर चैत मसान्त सम्ममा कारजिप, बस, मिनि बस, सुमो, मोटरसाइकल, ट्रक, टिपर, ट्रयाक्टर गरी ३८६० सवारी साधनलाई कारवाही गरिदै २४२६५०० जरिवाना असुल गरेर नेपाल सरकारको राजस्व खातामा दाखिला गराइएको मधेश प्रदेश ट्राफिक प्रहरी प्रमुख गुरुंगले तराई टप अनलाईन संग कुरा गर्दै भने ।
बढ्दो सडक दुर्घटनामा परेर अकालमा ज्यान गुमाउने सर्वसाधारण यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गराउन ट्राफिक प्रहरी सक्रिय भएर प्रदेशको विभिन्न स्थानहरुमा परिचालन गरिएको बताउदै सवारी साधनको बढि आवागमन हुने स्थानहरुमा २४ सैं घण्टा निगरानीमा राखेर जिम्मेवारी पूर्वक डिउटी निर्वाह गराइरहेका छौं उनले भने । उनीहरुको डिउटीलाई निगरानी गर्न वेला वेलामा छड्के जाँच एवं अनुगमन गर्ने गरेको हुँदा सार्वजनिक सडकमा सवारी साधन गुडाउदा ट्राफिक नियमको पूर्ण पालना गरेर मात्रै गुडाउनु पर्ने अन्यथा कारवाहीको भागी हुनुपर्ने स्पष्ट पारे ।
संयमित भएर सवारी साधन गुडाउनुपर्ने भन्दै विभिन्न स्थानहरुमा चालकहरुलाई ट्राफिक नियम सम्बन्धित जनचेतनाहरु दिइएको तर पनि उनीहरुमा कुनै कमी नआउदा कानुनी बाटो अबलम्बन गर्दा अहिले केही हद सम्म सुधार भएको छ र यसलाई अझ प्रभावकारी बनाउन मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया हरेक कानुनले दिएको अधिकारको प्रयोग गर्दै कठोर कदम उठाउने समेत उनले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै