zoom app for class zoom room pc requirements - zoom room pc requirements zoom install zoom app for pc new version zoominfo pricing 2022 zoom download login

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा हरिणको मृत्यु

   २१ पुष २०७७, मंगलवार १५:५५  

रौतहट, २१ पुस । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट सोमवार राति एउटा हरिणको मृत्यु भएको छ ।
नयाँ रोड बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ४००९ नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हरिणलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कञ्चनपुर नगरपालिका ११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडी सवार सर्लाहीको हरिपुर नगरपालिका १ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको बताइएको हो ।
प्रहरीले मोटरसाइकल र मृतक हरिणलाई इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई जिम्मा लगाइ पठाईएको जनाएको छ । दुबै घाइतेको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए ।
तिन दिन अघि बाराको आधाभार जंगलमा कारको ठक्करबाट बाघको मृत्यु भएका थिए । जंगल भएर राजमार्गमा यात्रुहरु एवं सवारी साधन चलाउदा संयमित भएर चलाउन, स्पीड कम गर्नुपर्ने तथा वनको दुई तर्फी तारवार लगाउनुपर्ने नितान्त आवश्यक भएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै