गर्भपतन को विरोध गर्ने उइघुर महिलाको जेलमा मृत्यु

   ७ बैशाख २०७९, बुधबार १०:२९  

वेइजिंग । चीनको बसोबास गर्दै आएका जातीय अल्पसंख्यकहरूका लागि परिवार नियोजन नीतिअनुसार आफ्नो गर्भावस्था समाप्त गर्न भनिएपछि चीनको अस्पतालबाट भागेकी एक उइघुर महिलाको जेलमै मृत्यु भएको छ।

निर्वासनमा बस्ने एक उइघुर र गाउँका प्रहरी अधिकारीलाई उद्धृत गर्दै रेडियो फ्री एशियाले रिपोर्ट गरेको छ कि चिनियाँ अधिकारीहरूले सन् २०१४ मा आफ्नो गर्भपतन गर्न आदेश दिएकी जेनेभान मेम्तिमिन होटन ९ हेटियन प्रान्तको युटियन काउन्टीको अस्पतालबाट भागेकी थिइन्।

आरएफए प्रतिवेदनले मेम्तिमिनलाई गर्भपतनका लागि आरिस गाउँबाट जबरजस्ती अस्पताल लगिएको र सिनजियाङका स्रोतहरूले पनि आफ्नो गर्भमा रहेको बच्चालाई बचाउन मेम्तिमिन अस्पतालबाट भागेको तथ्यलाई पुष्टि गरेका छन्।
चिनियाँ अधिकारीहरूले मेम्तिमिन र उनका पति, मेटकुर्बान अब्दुल्लालाई सामाजिक व्यवस्थालाई खलल पुर्‍याउने र गर्भपतनबाट बच्नको लागि धार्मिक अतिवाद को आरोपमा एक नजरबन्द शिविरमा गिरफ्तार गरेका थिए।

उइघुर स्रोतका अनुसार र एक पूर्व छिमेकीले पनि मेमतिमिनको २०२० मा मृत्यु भएको पुष्टि गरेका छन् । निर्वासनमा रहेका उइघुर स्रोतका अनुसार अरिश गाउँका ७० प्रतिशत उइघुरहरूलाई सन् २०१७ मा अवैध धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो भने करिब १० प्रतिशतलाई परिवार नियोजन नीति उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै