download zoom app safely download old zoom version zoom hack app download zoom download for free - zoom download for free zoom download meeting

दक्षिण चीन सागरको विवादास्पद क्षेत्रमा चिनियाँ लडाकु जहाज

   ७ बैशाख २०७९, बुधबार ११:०८  

बेइजिङ । चीनको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती रहेको भनेको हो ।

चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । सोही कारण दक्षिण चीन सागरमा तटीय क्षेत्र भएका अन्य देशहरूसँग चीन विवादमा तानिएको छ लडाकु विमानहरूको उपस्थितिलाई चीनको अर्को दृढ कदमको रूपमा हेरिएको छ ।

पूर्वी चीन सागरमा सेन्काकु टापुहरूलाई लिएर चीनको जापानसँग विवाद छ । जापानले पनि ति टापुमाथि अ‌ाफ्नाे दाबी गर्दै अ‌ाएकाे छ । जापानी भाषामा यिनीहरूलाई दिअयु द्वीप पनि भनिन्छ । जे–२० को प्रारम्भिक संस्करणहरू रूसी इन्जिनहरूसँग फिट गरिएको थियो ।

तर, यी इन्जिनहरू चाँडै चिनियाँ इन्जिनहरूले प्रतिस्थापन गरे जुन घरेलु रूपमा विकसित गरिएको थियो । चीनको पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) सँग २०० जे–२० लडाकु विमान रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै