प्युठानमा सत्तारुढ दलहरु छुट्टाछुट्टै लड्ने

   ७ बैशाख २०७९, बुधबार १४:२९  

रौतहट, ७ वैशाख । प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय जनमोर्चा, एकीकृत समाजवादी र जनात समाजवादी पार्टीका नेताहरु संयुक्त बैठकमा छुट्टाछुट्टै निर्वाचनमा जाने निर्णय गरेका हुन ।
बैठक पछि जारी स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ । विज्ञप्तिमा कांग्रेसका नेताहरु अमरबाहदुर ,रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ ,नेकपा एकीकृत माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपाका एकीकृत समाजवादी प्रेम जीसी जनता समाजवादी पार्टीका दामोदार गिरी र माधव जीसी हस्ताक्षर गरेका छन् ।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा ऐरावती गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै