पाकिस्तानमा इन्धन अभाव भएपछि घर र उद्योगको विद्युत आपूर्तिमा कटौती

   ७ बैशाख २०७९, बुधबार १४:५२  

कराँची, ७ वैशाख । पाकिस्तानमा विदेशी मुद्राको अभाव संगै चरम आर्थिक संकटमा परेपछि घर र उद्योगलाई विद्युत आपूर्तीमा कटौती गरेको छ ।
विदेशबाट कोइला र प्राकृतिक ग्यास किन्न सक्ने अवस्थामा नरहेको भन्दै पाकिस्तानमा अहिले घरायसी र उद्योगको विद्युत आपूर्तिमा कटौती गरिदिएको हो ।
गत वर्षको फेब्रुअरीमा अन्त्य भएको नौ महिनामा पाकिस्तानको ऊर्जा लागत दोब्बर भन्दा बढी भएको एक प्रतिवेदनले जनाएको छ । पूर्व अर्थमन्त्री मिफ्ताह इस्माइलले पनि इन्धन अभावका कारण कति बिजुली कटौती भएको जानकारी दिएर पोस्ट साझा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै