वासिङटन डिसी, ७ वैशाख । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले शुक्रवार देखि नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् ।
अमेरिकी सनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्डी जोन्स सम्मिलित प्रतिनिधि मण्डल सहितको टोलि शुक्रवार नेपाल आउन लागको हो ।
अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी दिए ।
नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्न लागेकोमा यस भ्रमणलाई अर्थपुर्ण मानिएको छ ।
सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेका विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेशनले
पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेका छन् ।
यस भ्रमणका क्रममा युक्रेन माथि रुसको आक्रमण लगायत विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रङ्ंघको वडापत्र अनुसार युक्रेन माथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भाग लिएका छन् ।