zoom app draining battery updated zoom download download to zoom download future zoom zoom app api zoom fleet app download zoom system requirements pc zoom studio download

श्रीलंकाली नागरिकलाई हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय सुनाए पाकिस्तानी अदालतले

   ८ बैशाख २०७९, बिहीबार ०७:१०  

ईश्लामाबाद । पाकिस्तानमा धर्मको नाममा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको आरोप लागेका  ६ जनालाई पाकिस्तानी अदालतले मृत्यु दण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धक पदमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
लाहोरस्थित आतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो ।

भित्तामा टाँसिएको धार्मिक पोस्टर च्यातेर इशनिन्दा गरेको आरोपमा दियावदनलाई उनी आफैं कार्यरत कारखानाबाट बाहिर निकाली कुटपीट गरी हत्या गरेर जलाइएको थियो । हत्या गर्नेहरुले उनकै शव अघि उभिएर सेल्फी समेत खिचेर समाजिक सञ्जालमा हालेका थिए । पाकिस्तानमा इशनिन्दाको आरोपमा अल्पसंख्यकहरु माथि बारम्बार अत्याचार हुने गरेको छ ।

श्रीलंकाली सरकारले दियावदनको हत्यामा संलग्नलाई कारबाही गर्न पाकिस्तानलाई बारम्बार दबाब दिइरहेको बेला अदालतले यस्तो फैसला आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै