पाकिस्तानी प्रधानमन्त्री शरीफको ५ विहे, २ संग बस्छन्

325 Shares

कराँची । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
उनलाई पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीका १७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।

शाहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षी दलले प्रधानमन्त्री पदका लागि संयुक्त उम्मेदवारको रुपमा अघि सारेका थिए । सोमबार विश्वासको मतमा मतदान भएको थियो, जसमा उनले बहुमतका लागि चाहिने १७२ मत भन्दा २ मत बढी पाएका थिए ।
तर घत लाग्दो के छ भने पाकिस्तानी प्रधानमन्त्री शरीफ को ५ वटा विहे भएको छ । उनी दुई श्रीमतीसँग मात्र बस्छन् ।

शाहबाज सरिफ पनि विवाहको मामिलामा इमरान खान माथि भारी छन्, जसले आफ्नी श्रीमतीका लागि फ्लाईओभर बनाएका छन् । इमरान खानले ३ विवाह गरेका कारण शाहबाज सरिफ उनीभन्दा २ कदम अगाडि छन् । शाहबाज शरीफ पाकिस्तानमा पाँच विवाहका लागि चर्चित छन् ।

शाहबाज शरीफलाई पाकिस्तानी पञ्जाबमा कडा प्रशासकको रूपमा चिनिन्छ, जसलाई उनका विरोधीहरूले माइकको शत्रु भनेर जिस्काउँछन् । शाहबाज शरीफको यो स्टाइल पाकिस्तानमा मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि वर्षौंदेखि पाकिस्तानमा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार