सप्तरीको कटैया नदीमा पुल बनाउन एसएसबीद्धारा अवरोध

   २३ पुष २०७७, बिहीबार १३:३७  

रौतहट, २३ पुस । पुर्व पश्चिम हुलाकी सडक खण्ड अन्तर्गत पर्ने सप्तरीको डाक्नेश्वरी नपा स्थित कटैया खोलामा निर्माण सुरु गर्न लागि पुल बनाउन भारतीय सुरक्षाकर्मीद्धारा अवरोध पुर्याएको छ ।
हुलाकी सडक आयोजनाले २०७६ माघ ८ गते इलाइट कन्ट्रक्सन प्राली काठमाण्डौ संग पुल बनाउन सम्झौता गरेका थिए । सम्झौता अनुसार सप्तरीको डाक्नेश्वर नगरपालिकाको वडा नम्वर ६ स्थित कटैया खोलामा ११२ मिटर लम्वाई र ११ मिटर चौडाईको पुल बनाउन सुरु गरेपछि भारतीय सुरक्षाकर्मी एससएसबीले अबरोध पुर्याएको साइट इन्जिनियर आशुतोष कर्णले बताए ।
पुल निर्माणका लागि १८ करोड ३३ लाख मूल्य अभिवृद्धि कर सहितको ठेक्का लिएका इलाइट कन्ट्रक्सनले पुल बनाउन नेपालको कटैया र भारतको करियौर गाउँका बासिन्दाहरु विच सहमती भएको भएपनि भारतीय सुरक्षाकर्मीहरुले अवरोध पुर्याएको जानकारी भौतिक पुर्वाधार मन्त्रालयलाई जानकारी दिइसकेको उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै