what version of zoom should i download zoom meeting app news how old is zoom app zoom app update 2021 zoom join meeting id number september 26 - zoom join meeting id number september 26 zoom alternative indian app zoom.com app zoom meeting download windows 10 chip

राजनीतिक दल र संचारकर्मी संग निर्वाचन कार्यालयले गरे अन्तरक्रिया

   ८ बैशाख २०७९, बिहीबार ०९:५१  

रौतहट, ८ वैशाख । जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा गौरमा विहिवार राजनीतिक दल र संचारकर्मी संगको प्रतिबद्धता अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

स्थानिय तह सदस्य निर्वाचन २०७९, निर्वाचन आचारसंहिता २०७८ सम्बन्धि राजनीतिक दल र संचारकर्मी संगको (प्रतिबद्धता ) अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई, प्रमुख जिल्ला अधिकारी, विभिन्न पालिकाको निर्वाचन अधिकृतहरु, प्रहरी उपरीक्षक विनोद घिमिरे, नेपाली सेनाको कर्णेल राजन दहाल, राष्ट्रिय अनुसन्धान उप निर्देशक मुकुन्द खड्का, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मीहरुको सहभागीता थिए ।

उक्त कार्यक्रममा राजनीतिक दल र संचारकर्मिले प्रतिबद्धता जनाए । निर्वाचन अधिकृत छोटेलाल दासले निर्वाचन आचारसंहिता सम्बन्धि कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै