कपिलवस्तुमा आचारसंहिताको उलंघन गर्दै शिक्षकहरु चुनावी प्रचारमा

   ८ बैशाख २०७९, बिहीबार १४:३४  

बुटवल, ८ वैशाख । स्थानीय तह निर्वाचनमा कपिलवस्तुका शिक्षकहरु अचारसंहिताको उर्लघन गर्दै दलको चुनावी प्रचारमा हिड्ने गरेका छन् ।
कृष्णनगर नगरपालिका वडा ११ सरफर नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे र कपिलवस्तुका नगर प्रमुख एमाले उम्मेदवार कुनाल प्रताप शाहकोे प्रचार प्रसारमा खटिएका हुन । विद्यालयको कामकाजमा प्रभावित नहुने गरी नै निर्वाचन आचर संहित विपरित प्रचारमा खटिएका पाण्डे नेपाल शिक्षक संघ कृष्णनगरका नगर कमिटिका अध्यक्ष पनि रहेको बुझिएको छ ।
निर्वाचन आयोगद्धारा सरकारी कर्मचारीले कुनै पनि दलका नेताहरुको प्रचार प्रसार नहुने गरि निर्देशन गरे तर पनि नेकपा एमालेका नेताहरु प्रचार प्रसारमा गाँउ घुमेर भोट माग्दै हिँडे पनि सम्बन्धित निकाय मौन बसेको स्थानीय बासिन्दाको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै