पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट दुई भारतीय नागरिकको मृत्यु

   ८ बैशाख २०७९, बिहीबार १५:२५  

काठमाडौं, ८ वैशाख । पाटन औद्योगिक क्षेत्र भित्र रहेका सागरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्वर ६ पाटन औद्योगिक क्षेत्र भित्र रहेका सागरमाथा अक्सिजन प्राली प्लान्टमा अक्सिजन भर्ने क्रममा विहिवार विहान १०.०५ बजेको समयमा अचानक विस्फोट भएका हुन् ।
सिलिण्डर विस्फोट भएपछि प्लान्टमा काम गर्ने कामदारहरु मध्ये भारत पश्चिम चम्पारण जिल्ला रचनपुर्वा गाउँका ४५ बर्षिय वृज महतो र भारत घर घई हाल ललितपुर मनपा १८ का २५ बर्षिय राजकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
वृजको घटनास्थलमै मृत्यु भएका थिए भने अर्का गम्भीर घाईते राजकुमारको २ घण्टाको उपचार पछि मृत्यु भएको ललितपुर जिल्ला प्रहरी कार्यालयको एसपी सिद्धिविक्रम शाहले बताए ।
पर्सा जिल्ला घर भई हाल ललितपुर चागाथली १८ का ४३ बर्षिय रमेश अधिकारी, महालक्ष्मी नपा ८ का ३६ बर्षिय दुर्गा पुरी, गोदावरी नपा ९ का १९ बर्षिय सुदिप तिमलसिना, महाँकाल गापा ५ चन्दनपुर का २२ बर्षिय इश्वर बजगाई, ओखलढुंगा घर भई हाल ललितपुरको महालक्ष्मी १५ का २० बर्षिय अन्जना पौडेल, काठमाडौ जिल्ला चन्द्रागिरी नपा २ दहचोक का ४९ बर्षिय गंगाराज शर्माको वि एण्ड वि सहित विभिन्न अस्पतालमा उपचार पश्चात घाईतेहरु घर फकिसकेको एसपी शाहले जानकारी दिए ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक दुबै जनाको शव पोष्टमर्टमको लागि महराजगञ्ज पठाइएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै