वीरगंञ्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पाटी बिच सहकार्य

   ८ बैशाख २०७९, बिहीबार १५:५६  

पर्सा, ८ वैशाख । वीरगंञ्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी बीच चुनावी सहकार्य भएको छ ।
आउदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले र लोसपा बिच चुनावी तालमेल गरेर अघि बढने सहमति भएको हो ।
चुनावमा वीरंगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झालाई उम्मेदवार बनाउने सहकार्य भएका छन् ।
वडा अध्यक्ष र सदस्यको हकमा अझै टुंग्याउन बाँकी रहेको छ । सत्ता गठबन्धनबाट वीरगंञ्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै