रौतहट सहित ७७ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

   ८ बैशाख २०७९, बिहीबार १५:५८  

रौतहट, ८ वैशाख । देशभरका ७५३ वटै पालिकामा विहीवार देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
रौतहट सहित मुलुकको ७७ वटै जिल्लामा रहेका ७५३ स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिएका छन् । सबै निर्वाचन अधिृकत कार्यक्षेत्रमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा कार्यालय स्थापना देखि कर्मचारी व्यवस्थापन सम्म काम गर्ने छ । आयोगका प्रतिनिधिका रुपमा पालिकामा पुगेको उनीहरुले चुनावको सबै तयारी देखि मतदान र मतगणना पछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै