सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त रुपमा चुनावी सभा गर्ने

   ८ बैशाख २०७९, बिहीबार १६:३५  

काठमाडौँ, ८ वैशाख । स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशको राजधानीमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्खका अनुसार सातै प्रदेशमा चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छ । साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङले बताए । गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै