छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालमा पनि उच्च सतर्कता अनपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

   ८ बैशाख २०७९, बिहीबार १६:५३  

काठमाडौं, ८ वैशाख । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्न लाग्दा नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयद्धारा जारी गरिएको सूचनामा कोभिड–१९ को संक्रमण दर छिमेकी मुलुक भारत लगायत विभिन्न् देशहरुमा बढ्दो क्रममा रहेकोमा संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएो जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरिएको हो ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन । नेपाल सँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुन ः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।
उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिए । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देशन जारी गरेका छन् ।
उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ  । मुम्बई–काठमाडौं बीच पनि सिधा उडान पनि रहेको छ  । २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौं बीच दैनिक ६ वटा फलाइट सञ्चालनमा आएका छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै