रौतहट, २३ पुस । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पार्टीलाई जिवन्त राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने तर्क गरेको छ ।
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जोगाउने अन्तिम अवसर गुमाएको र आफू विरुद्ध अविश्वासको प्रस्ताव लगिदैछ थाहा पाएपछि उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएर सकारात्मक सन्देश दिनुपर्ने थियो तर उनले देशलाई नै संकटमा धकेलिदिएको तर्क गरे ।
विहिवार राष्ट्रिय सभाको वैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने विषयमा आफू संग कुरा नभएको समेत गुनासो गरे । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको चर्चा गर्दै उनले यसपटक प्रस्ताव लगिने तयारी गर्दा समेत आफू संग नसोधिएको बताए । पार्टी भित्र अल्पमतमा परेपछि राजिनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेर ओलीले ठूलो अवसर गुमाएको समेत टिप्पणी गरे ।