भारतीय वायुसेनाले सुखोई सु–३०एमकेआई जेटबाट ब्रह्मोस मिसाइलको सफल परीक्षण

   ८ बैशाख २०७९, बिहीबार १७:३३  

नयाँ दिल्ली । भारतीय वायुसेना (आइए) ले दुई दिन अघि पूर्वी समुद्रीतटमा सुखोई सु–३०एमकेआइ जेटबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको भारतीय संचारमाध्यमहरुमा खवर छापिएको छ ।
क्षेप्यास्त्रको “लाइभ फायरिङ” भारतीय नौ सेना सँग नजिकको समन्वयमा गरिएको थियो, आइए ले भन्यो । क्षेप्यास्त्रले सटीकता र परिशुद्धताका साथ भारतीय नौसेनाको डिकमिसन गरिएको जहाज लक्ष्यमा प्रहार ग¥यो, अधिकारीहरूले जनाएको छ ।
भारतले गरेको ब्रह्मोस मिसाइलको सफल परिक्षण पछि पाकिस्तान र चिनमा तनाव बढेको श्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै