प्रधानमन्त्री मोदीले विश्व स्वास्थ्य संगठन प्रमुखलाई गुजराती नाम दिए ’तुलसीभाई’

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससलाई तुलसी जडिबुटीमा आधारित गुजराती नाम ’तुलसीभाई’ दिए ।
भाइरल भएको भिडियोमा प्रधानमन्त्री मोदी सँग स्टेज सेयर गरिरहेका डब्ल्यूएचओ प्रमुखलाई हाँसिरहेको देख्न सकिन्छ । “उनले (टेड्रोस) मलाई’ म अब पूर्ण गुजराती छु । मलाई एउटा गुजराती नाम दिनुहोस,“ प्रधानमन्त्री मोदीले भने ।