दुर्गा भगवतीमा टाईफाईड खोप सम्बन्धि समन्वय बैठक

   ८ बैशाख २०७९, बिहीबार २०:२०  

दुर्गा भगवथी (रौतहट), ८ वैशाख । दुर्गा भगवती स्वास्थ्य शाखा गंगापिपरा द्रारा टाईफाइड खोप सम्बन्धि समन्वय बैठकको आयोजना गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र गंगा पिपरामा टाईफाईड खोप अभियान संचालन तथा नियमित खोपमा टाईफाईड खोप सुरुआत तथा खोप सुदृढीकरण सम्बन्धि पालिका स्तरिय खोप समन्वय सिमिती र सरोकारवालाको बैठकको आयोजना गरिएको हो ।

पिएचसीको जनस्वास्थ्य निरीक्षक दिनेश महतोले १० देखि १५ गते सम्म पालिकाको ५ वटै वडामा टाईफाईडको खोप अभियान संचालन हुन गइरहेको हुदा पालिकाबासीहरु सक्रिय भएर आ आफना बालबालिकाहरुलाई अनिवार्य रुपमा टाईफाईडको खोप लगाउन आग्रह गरे ।

१५ महिना देखि १५ बर्ष सम्मको बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप लगाउने कार्यमा सबै पक्षले पहल गरेर यो अभियानलाई सफल पार्न उनले पालिकाबासी संग अपिल गरे ।

सो बैठकमा पालिकाकाे प्रतिनिधि, समाजिक विकाश शाखा प्रमुख, सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्ति हरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै