काँग्रेस परित्याग गरी जसपामा प्रवेश

   ९ बैशाख २०७९, शुक्रबार १४:५३  

बुटवल, ९ वैशाख । रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेस नेता मातृका प्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकामा मेयरको दाबेदार रहेका यादवले टिकट नपाए पछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए । यादवलाई जसपाका नेताहरु रामसहाय यादव, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राई लगायतले पार्टीमा प्रवेश गरेका छन् । यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरुलाई बेवास्ता गरी नव प्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टीका परित्याग गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै